माउन्ट ग्लोरी फरेष्ट रिसोर्टको आम्दानी ४४ प्रतिशतले घट्यो



काठमाडौं । माउन्ट ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पाको आम्दानी ४४ प्रतिशतले घटेको छ । पर्यटकीय नगर कास्कीको दोभिल्ला २१ मा रहेको रिसोर्टको सन् २०२१ मा ४४ प्रतिशतले आम्दानी घटेको हो ।

कम्पनीले सन् २०२० मा ३ करोड ९० लाख रुपैयाँको आम्दानी गरेको थियो । तर, सन् २०२१ मा कम्पनीको आम्दानी २ करोड २० लाख रुपैयाँ मात्रै भएको जनाएको छ । त्यसैगरी, कम्पनीले सन् २०१९ मा २ करोड ३० लाख रुपैयाँको हाराहारीमा आम्दानी गरेको थियो । कम्पनीले पूर्णरुपमा व्यवसायिक आम्दानी सन् २०१९ को जुलाईबाट शुरु गरेको थियो ।

शुरुवाती चरणमै कोभिड–१९ ले गर्दा पर्यटक क्षेत्रमा निकै असर गर्दा आम्दानी हुन नसकेको कम्पनीले जनाएको छ ।

कोभिड–१९ ले आन्तरिक तथा बाह्य पर्यटकमा निकै असर देखिँदा सन् २०२१ मा वार्षिक अकुपेसी रेट ९.९५ प्रतिशत र सन् २०२१ मा १६.९२ प्रतिशतले घटेको जनाएको छ ।

कम्पनीको आम्दानीमध्ये सन् २०२१ मा खाना र पेय पदार्थबाट ५३ प्रतिशत र ४४ प्रतिशत आम्दानी मिटिङ, विवाह, लजिङ र सेवाबाट भएको थियो । कम्पनीको आम्दानीमा कोठाको सेवामा ५८ प्रतिशतले गिरावट आएको छ ।

कम्पनीको अध्यक्षमा सुनिलभक्त श्रेष्ठ छन् भने ८ जना कार्यकारी निर्देशक छन् । अध्यक्ष श्रेष्ठसँग विभिन्न व्यवसायिक क्षेत्र हाइड्रोपावर, बैंकिङ, हस्पिटालिटी र ट्रेडिङको अनुभव रहेको छ ।

पोखरामा ५९ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ६४ वटा कोठा छ ।

कम्पनीले हालै दीर्घकालिन र अल्पकालिन कर्जाका लागि ६१ करोड ७९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पपनीले दीर्घकालिन कर्जाका लागि ५७ करोड रुपैयाँ दीर्घकालिन कर्जा र अल्पकालिन कर्जाका लागि ६१ करोड ७९ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु