अघोषित लोडसेडिङले उद्योग बन्द हुने अवस्थामा पुगे: गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विद्युत प्राधिकरणले अघोषित रुपमा गरेको लोडसेडिङ उद्योगिलाई मान्य नहुने बताएका छन् ।

सोमबार महासंघले आयोजना गरेको बजेटपूर्वको छलफल कार्यक्रममा अध्यक्ष गोल्छाले अघोषित लोडसेडिङले उद्योगीहरु थप मारमा परेको बताए ।

‘कोरोना महामारीका कारण थला परेको निजी क्षेत्र र उद्योग बिस्तारै चलायमान हुँदै थिए,’ उनले भने, ‘यस्तो अवस्थामा प्राधिकरणले अघोषित लोडसेडिङ गर्दा थप समस्या परेको छ ।’
उनले लोडसेडिङ समस्याको समाधान तत्काल नहट्ने हो भने उद्योग बन्द हुने बताए । उनले पुँजी निर्माणमा निजी क्षेत्रको ७५ प्रतिशत योगदान भए पनि लोडसेडिङका कारण समस्या भएको बताए ।

अध्यक्ष गोल्छाले निर्माण गर्दा कोरोना महामारी जस्ता विपदलाई समाधान गर्न सक्ने खालको बजेट निर्माण गर्न सुझाव दिए । बजेटले पूर्वाधार र लगानी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।


क्लिकमान्डु