बहुप्रतिक्षीत विद्युतीय गाडी ‘विवाइडी एट्टो थ्री’ को यसै हप्तादेखि नेपालमा बुकिङ खुल्ला हुने, यस्ता छन् फिचर



कठमाडौं । विश्व चर्चित विद्युतीय गाडी उत्पादक कम्पनी विबाइडी (बिल्ड योर ड्रिम)को बहुप्रतिक्षित ‘बिवाइडी एट्टो थ्री’ महिना दिनभित्रमा नेपालमा सार्वजनिक गरिने भएको छ ।

बिवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्टरनेसनलले यसै हप्तादेखि बुकिङ खुला गर्ने र मे महिनाको अत्यसम्म सार्वजनिक हुने जनाएको छ ।

बिवाइडी एट्टो थ्रीले विश्व बजारमा धेरैको मन तानिरहेको छ । विश्वबजारमा रिजनेवल मूल्यको लक्जरियस विद्युतीय गाडी भनेर चर्चा कमाएको यो गाडी केही समयअघि अष्ट्रेलियमा सार्वजनिक भएको थियो । सार्वजनिक भएको केही दिनमै ३० हजार युटिन बुकिङ भएको थियो ।

चिनियाँ कम्पनी विबाइडीले नयाँ लक्जरियस ‘विबाइडी एट्टो थ्रि’ विभिन्न देशमा सार्वजनिक गर्दै छ । यो गाडी यही मे महिनाको अन्त्यसम्म नेपालमा पनि सार्वजनिक हुने साइमेक्स इन्टरनेसनल प्रबन्ध दिर्नेशक यमुना श्रेष्ठले बताइन् ।

‘हामीले बुकिङ खुला नगर्दै बुकिङका अर्डर धेरै आइरहेका छन्,’ श्रेष्ठले भनिन्, ‘यो नेपालमा अहिलेसम्म आएका इभीमध्ये सबैभन्दा राम्रो गाडी हो ।’

बिवाइडीले दुई मोडलमा एट्टो ३ ल्याएको छ । एउटा स्टान्डर्ड रेन्ज र अर्को एक्सटेन्डड रेन्ज । स्टान्डर्ड रेन्ज व्यान्ट्र ५० किलो आवर्स छ । जुनको रेन्स ३२० किलोमिटर छ । एक्सटेन्डेट व्याट्रीको ६० किलो आवर्स रहेको एट्टो थ्रीको ४२० किलोमिटर रेन्ज रहेको छ ।

नेपालमा अहिले ४२० किलोमटर रेन्ज भएको मोडल आउने हो ।

यो एक लक्जरियस र हाइरेन्जको गाडी हो । यो गाडीका मूल्य नेपालमा कति हुने भन्ने निश्चित नभए पनि ६५ लाखको हाराहारीमा हुने श्रेष्ठले बताइन् ।

१५० किलोवाटको मोटर भएको यस गाडीमा ५०.१ किलोवाट ब्लेड व्याट्री प्रयोग गरिएको छ । बिवाइडीको आफैंले ब्याट्री उत्पादन गर्छ ।

यो गाडी ४५ मिनेटमै फुलचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसमा एसी र डीसी चार्जिङ सिस्टम रहेको छ ।

यो एक कम्प्याक्ट एसयुभी हो । विबाइडीले अर्को थिममा जानु पर्छ म्युजिक थिममा गएको श्रेष्ठले बताइन । ब्लेड व्याट्री भएको यो गाडी ३.० म्याकफर्ममा बनेको पियोर इभी हो । विबाइडी एट्टो थ्री इन्टेयिरमा पनि लक्जरियस छ । टु–टोन लेदर स्टाइल ब्लु एण्ड ह्वाइट इन्टेरियर र ह्वाइट एक्सटेरियर कलर रहेको छ ।

५ इन्चको ड्राइभर डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जर, किलेस इन्ट्री र स्टार्ट, पार्टेवल काडी की रहेको छ ।

एलइडी लाइट प्रयोग भएको कारको पछाडिको डिजाइन आकर्षक छ । क्लिन र कलर कम्बिनेसन राम्रो छ । डिकीमा सामान राख्ने प्रशस्त खाली ठाउँ छ । स्ट्यान्डर्ड पानोरोमिक रुफ रहेको छ । फाइभ इन्च ड्राइभर डिजिटल डिस्प्ले रहेको छ ।

व्याट्रीमा ७ वर्षको वारेन्टी दिएको छ । एसी र डिसी चार्जिङ पोर्टस र २२० भोल्ट इमर्जेनसी चार्चिङ केवल रहेको छ । सुपर चार्जर डिजी (८०किलोवाट) भएको यो झन्डी ४५ मिनेटमा चार्ज फूल हुने कम्पनीले जनाएको छ ।

अल्ट्र सेफ डिजाइन भएको यो गाडीको अगाडि, फ्रन्ट साइड, ड्राइभर, प्यासेन्जरको लागि एसआरएस एयरब्याग रहेको छ । मल्टि-लिंक रियर सस्पेसियन रहेको छ ।

अटोमेटिक इमर्जेनसी ब्रेकिङ सिस्टम रहेको कम्पनीले जनाएको छ । ६०/४० आरामदायी फोल्डिङ रियर सिट रहेको यस गाडीमा सबैभन्दा राम्रो साउन्ड सिस्टम रहेको जनाएको छ । आठ स्पिकर डिराक साउन्ड सिस्टम छ ।

पानोरोमिक सनरुफ, इलेक्ट्रिक टेइलगेट, रुफ रेइल रहेको छ । पाँच सिट भएको यो गाडीको १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसको तौल १६१५ केजी रहेको कम्पनीले जनाएको छ ।

यसअघि आएको विवाइडी इ सिक्सको रेन्ज ६०० किलोमिटरको थियो । तर, यो गाडी भने इन्जिन नेपालको लागि एकदमै उपयुक्त र पावरफुल रहेको श्रेष्ठको भनाइ छ ।


क्लिकमान्डु