बन्दीपुर केबलकारले पायो १ अर्बको दीर्घकालिन ऋणको रेटिङ, २०२३ को अप्रिलमा निर्माण सकिने



काठमाडौं । बन्दीपुर केबलकार प्रालिले १ अर्ब रुपैयाँको दीर्घकालिन कर्जाको रेटिङ पाएको छ । केयर रेटिङ नेपालले जारी गरेको सुचना अनुसार कम्पनीले दीर्घकालिन कर्जाका लागि १ अर्ब रुपैयाँको ‘डबल बी रेटिङ’ गराएको हो ।

तनहुँ जिल्लाको बन्दीपुरमा केबलर कारको आयोजनासँगै होटलको निर्माण गर्ने भएको छ । कम्पनीले दुई चरणमा आयोजना अगाडि बढाएको छ । पहिलो चरणमा केबलकार, रेष्टुरेन्ट, होटल बिल्डिङ स्टक्चर निर्माण गर्नेछ । दोस्रो चरणमा भने बन्दीपुरको केबलकारको हिलटपमा चार तारे होटलको निर्माण कार्य सम्पन्न गर्नेछ ।

पहिलो चरणको आयोजना २०२३ को अप्रिलसम्ममा सम्पन्न हुने अनुमान गरेको छ । फेब्रअरी २०२२ सम्ममा आर्थिक प्रगति ७६ प्रतिशत भइसकेको थियो । अहिले केबलरकारका लागि टावर जडानको काम अन्तिम चराणमा पुगेको छ भने टावरको पूर्ण जडानपछि डोरी तान्न शुरु हुने कम्पनीले जनाएको छ । हाल आयोजना चरणबद्ध रुपमा निर्माण भइरहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार आयोजनाको लागत ४१ प्रतिशत बढेको जनाएको छ । शुरुमा १ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा अहिले २ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनुमान लागत पुगेको छ । कम्पनीका अनुसार कम्पनीको लागत बढ्नुको मुख्य कारण कम्पनीले परियोजनाको दायरा परिवर्तन रहेको जनाएको छ । साथै,क कोभिड–१९ महामारीको बीचमा केही समय ओभररनसँग जोडिदा लागत बढ्न गएको कम्पनीको भनाइ छ ।

कम्पनीले प्रतिघण्टा १९२ देखि ५०० जना यात्रु यात्रा गर्न सक्ने क्षमता रहेको जनाएको छ । जसमा पहिलो चरणका लागि ७० करोड रुपैयाँ र दोस्रो चरणका लागि ३० करोड दीर्घकालिन कर्जाको रेटिङ गराएको छ ।

त्यसैगरी, पर्यटन क्षेत्रमा कोभिड–१९ ले धेरै प्रभाव पारेको छ । कम्पनीको आम्दानी आन्तरिक तथा विदेशी पर्यटकको फुटफलमा भर पर्ने भएकाले कोरोनाले गर्दा अधिकांश पर्यटक क्षेत्रमा प्रभाव परेकाले आयोजना सञ्चालन आउँदा पर्यटन क्षेत्रको पुरुत्थान महत्वपूर्ण रहेको कम्पनीको भनाइ छ । आन्तरिक तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको बन्दीपुरमा हिलटप भ्यू र साँस्कृतिक तथा परम्परागत पूर्वाधार र घरहरू छन् ।

जनवरी २०१३ मा स्वीकृति पाएको कम्पनीले केबलकारसँगै होटलको सुविधा प्रदान गर्नेछ । कम्पनीले केबल कारको सहायताबाट बेस स्टेशनबाट लिटप स्टेशन पु¥याउने सुविधा प्रदान गर्ने भने दोस्रो लजिङ र हस्पिटालिटीको सुविधा प्रदान गर्नेछ ।


क्लिकमान्डु