अदालतको आदेशपछि गभर्नरको प्रतिक्रिया- मैले न्याय पाएँ, राष्ट्र बैंकको स्वायत्तता जोगियो



काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्बोच्च अदालतबाट न्याय पाएको बताएका छन् । सर्बोच्च अदालतले शुक्रबार अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिँदै गभर्नर अधिकारीमाथि छानबिन गर्न नसक्ने अन्तरिम आदेश दिएको हो ।

सर्बोच्च अदालतको फैसलापछि क्लिकमाण्डूसँग कुरा गर्दै गभर्नर अधिकारीले अदालतको फैसलाले केन्द्रीय बैंकको स्वायत्तता जोगिएको बताए ।

‘व्यक्तिगतरुपमा मेरोभन्दा पनि केन्द्रीय बैंकको जित हो, आगामी दिनमा सरकारसँग समन्वयनमा नै मैले काम गर्ने हो,’ गभर्नर अधिकारीले क्लिकमाण्डूसँग भने ।

सरकारले चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । त्यसको विरोधमा गभर्नर अधिकारी सर्बोच्च अदालत गएका थिए ।

सर्बोच्च अदालतका न्यायधीश हरिप्रसाद फुइँयालको एकल इजलाशले सरकारले गभर्नर निलम्बन गर्न नपाउने अल्पकालिन अन्तरिम आदेश दिएको थियो । त्यही अल्पकालीन आदेशलाई शुक्रबारको इजालशले निरन्तरता दिएको थियो ।

गभर्नरको रिटमा ३ दिन १५ घन्टा सर्बोच्च अदालतमा बहश भएको थियो ।


क्लिकमान्डु