गहुँको समर्थन मूल्य ५४ रुपैयाँले बढ्यो



काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य ५४ रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षमा गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १११ तोकिएको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्किका अनुसार सरकारले आर्थिक ०७९र८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु