सातामा २ दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले सातामा २ दिन विदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार कार्यालय समय विहान ९ः३० बजे र साँझ ५ः३० बजेसम्म कायम गरिनेछ ।

यसअघि नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।


क्लिकमान्डु