सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले घटेर ९९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकाको बुधबार १० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु