सिजी मेरिडियाको स्टीम क्लिनिङ सिस्टम बजारमा



काठमाडौं । सिजी अन्तर्गत ‘सिजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम’ को बिक्री सुरू भएको छ ।

‘कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनर’ र ‘स्टीम क्लिनिङ सिस्टम’ गरि दुई प्रकारका भ्याकुम क्लिनरहरू उपलब्ध रहेका छन् ।

‘कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनर’ मा ‘टु इन वान मोड’ रहेको छ, यसकारण यो सजिलै ‘ह्याण्डी’ वा ‘स्टीक’ मोडमा परिवर्तन गर्न सकिन्छ । यसमा सिंगल साइक्लोन सिस्टम रहेको छ । यसको अर्को विशेषता भनेको ‘डस्ट कप’लाई सजिलै फुकाल्न सकिन्छ ।

उच्च क्षमताको ‘स्पन्ज एक्जस्ट फिल्टर’ जडान भएको यस भ्याकुम क्लिनरमा ‘ब्यागलेस डस्ट कलेक्सन’ गर्न सकिन्छ र यसमा ५ एमको पावर लाइन रहेको छ ।

१०० डिग्री सेन्टिग्रेड बाफले ९९.९९ प्रतिशत किटाणु नष्ट गर्ने क्षमता रहेको छ । स्टीम क्लिनिङ सिस्टमको प्रमुख विशेषता भनेको यसले एकदम छिटो अर्थात पन्ध्र सेकेण्डमै वाफ उत्सर्जन गर्दछ, साथै यो काठ, टायल, कार्पेट जस्ता विविध प्रकारका सतहहरूमा पनि उपयुक्त हुने कम्पनीको दाबी छ ।

३७० मिलि लिटर पानीटंकीको क्षमता भएको ुस्टीम क्लिनिङ सिस्टमुमा विविध प्रकारका एसिसरिजहरू पनि प्राप्त गर्न सकिन्छ ।


क्लिकमान्डु