दोर्दी खोलाको आइपीओ निष्काशन



काठमाडौं । दोर्दी खोला जलविद्युत आयोजनाले आज (मंगलबार) देखि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको दार्दी गाउँपालिकाका बासिन्दाहरुका लागि यो सेयर जारी गरेको हो ।

लमजुङ जिल्लाको साविकका भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१ र ८) का स्थानीयले आइपीओमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिने छ । त्यो अवधिमा पनि सेयर बिकेन भने बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिने छ । आइपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

लगानीकर्ताले आइपीओमा आवेदन दिँदा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकको लमजुङ, ग्लोबल आइएमई बैंकको दोर्दी, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर शाखाबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु