गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे, १५.६५ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् ।

क्यापिटलको साधारणसभाले सञ्चालकमा पाण्डे बाहेक रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठलाई चयन गरेको छ ।

क्यापिटलले ५ जना सञ्चालक चयन गर्नुका साथै गतवर्षको नाफाबाट सेयरधनीलाई १५.६५ प्रतिशत नगद लाभांश दिएको छ । क्यापिटलको चुक्ता पुँजी ११ करोड ८१ लाख रुपैयाँ छ ।


क्लिकमान्डु