एनएमबि बैंकले १५ वर्षको लागि ऋणपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?



काठमाडौं । एनएमबि बैंकले १५ वर्ष अवधि तथा बार्षिक ४ प्रतिशत ब्याजदर भएको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत–२०९३-०९४’ निष्काशन गर्ने भएको छ ।

बैंकले वैशाख २१ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँको उर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा २१ लाख कित्ता बैंकले आफ्नै पहलमा विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ । बाँकी रहेको लाख कित्तामा ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यो ऋणपत्रमा वार्षिक ४ प्रतिशत ब्याज पाइन्छ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । ऋणपत्रमा वैशाख २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ४ गतेसम्म आवेदन दिइने छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १४ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु