सूर्या लाइफको ब्राण्डिङ्ग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी, दुई दशकको अनुभव



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्डिङ्ग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी नियुक्त भएका छन् । कम्पनीले बैशाख ९ गतेदेखि लागू हुने गरी गिरीलाई ब्रान्ड मार्केटिङ र पब्लिक रिलेसनको प्रमुखको रूपमा नियुक्त गरेको हो । गिरीले जिम्मेवारी सम्हालिसकेका छन् ।

उनले यसअघि एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ब्राण्डिङ र पब्लिक रिलेसनको जिम्मेवारी सम्हालेका छन् । उनीसँग कान्तिपुर पब्लिकेशनमा कबम गरेको अनुभम पनि छ ।

बर्दियाको गुलरियामा जन्मिएका गिरिले एमबिए र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । मार्केटिंग र ब्राण्डिङमा दुई दशकको अनुभ भएका गिरी क्रिएटिभ ब्राण्डिङमा पोख्त छन् ।


क्लिकमान्डु