एनआईसी एशिया क्यापिटलद्वारा वीरगञ्जमा पुँजी बजार तालिम सम्पन्न



काठमाडौं । एनआइसी एशिया क्यापिटलले वीरगञ्जमा पुँजी बजार सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग दामोदर रायमाझी र प्रमुख संचालन-लगानी अधिकृत मनिष घिमिरेले डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोषका बारेमा जानकारी गराएका छन् ।

यस्तै दोस्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा बिस्तृत जानकारी गराइएको छ ।

मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो आउने गरेको छ ।

नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पूँजबारमा आबद्ध भई सुरक्षित रुपमा सेयर कारोबार गर्न सकुन भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा ७० जना भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।


क्लिकमान्डु