बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ निष्काशन



काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आइपीओ) निष्काशन भएको छ ।

कम्पनीले आयोजना प्रभावित सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १० करोड रुपैयाँको १० लाख कित्ता आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका–५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका– ८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता सेयर र ३ लाख कित्ता लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

आइपीओमा बैशाख २५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ९ गतेसम्म आवेदन दिन पाइनेछ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यो समयमा पनि माग अनुसार आवेदन नपरेको खण्डमा बिक्री नभएको सेयर सर्वसाधारणलाई दिइने छ ।

यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । आइपीओमा बिक्री प्रबन्धकका साथै सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु