छुट्ला है रिभर फल्स पावरको आइपीओमा आवेदन दिन



काठमाडौं । रिभर फल्स पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र आइपीओमा आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता एक सय रुपैयाँका दरले आइपीओ निष्काशन गरेको छ । आयोजना प्रभावित संखुवासभा जिल्लाका बासिन्दालाई ७ लाख कित्ता सेयर निष्काशन गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आइपीओमा बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै रिभर फल्स पावर कमलादी काठमाडौं र यसको संखुवासभा धर्मदेवी नगरपालिकाको कार्यालयबाट आवेदन दिन सकिने छ । यस्तै प्राइम बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने छ ।


क्लिकमान्डु