बैंकहरुको आरओई घट्दै, गत वर्षको तुलनामा करिब आधाले घट्यो प्रतिफल



काठमाडौं । बैंकहरुले गरेको लगानी वापत प्राप्त हुने प्रतिफल रुपमा घट्दै गएको छ ।

कोरोना महामारीको असरबाट रिकभर हुँदै व्यवसाय बिस्तारमा लागेका बैंहहरुले लगानीअनुसारको प्रतिफल प्राप्त गर्न सकेका छैनन् ।

बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार रिटर्न अफ इक्विटी (आरओई) घटेको छ ।

चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा बैंकहरुले व्यवसाय प्रभावकारी रुपमा बिस्तार गर्न नसकेको, बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभावका कारण बैंकहरुले राम्रोसँग लगानी बढाउन सकेका छैनन् ।

तरलताको अभावका कारण कर्जा प्रवाह पनि न्यून भएको छ । जसको असर आरओईमा देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरुको आरओई औसतमा ७.०४ प्रतिशत छ । जबकी गत आवको सोही अवधिमा आरओई १३.५३ प्रतिशत थियो । यो अवधिमा बैंकहरुको आरओई ६.४९ प्रतिशत विन्दुले घटेको छ ।

गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा सबैभन्दा बढी आरओई राष्ट्रिय वाणिज्य बैंकको ११.८१ प्रतिशत र सबैभन्दा कम सिभिल बैंकको ०.२४ प्रतिशतले घटेको छ ।

चालु आवको चैत मसान्तसम्म आइपुग्दा आरओई १० प्रतिशतभन्दा बढी घटेका ६ वटा बैंक छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ११.८१ प्रतिशत, सानिमा बैंकको ११.६४ प्रतिशत, नेपाल बंगलादेशको १०.९४ प्रतिशत, प्रभु बैंकको १०.८३ प्रतिशत, एनआईसी एशिया बैंकको १०.१९ प्रतिशत, नबिल बैंकको १०.०६ प्रतिशतले घटेको छ ।

यस्तै माछापुछ्रे बैंकको ६.०९, ग्लोबल आइएमई बैंकको ७.८८ प्रतिशत, प्राइम बैंकको ९.६५ प्रतिशत, एनएमबि बैंकको ७.३० प्रतिशत, सिद्धार्थ बैंकको ७.३७ प्रतिशत, एनसीसी बैंकको ३.४३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.९५ प्रतिशत छ ।

त्यसैगरी, मेगा बैंकको ७.१२ प्रतिशत, कुमारी बैंकको ६.८६ प्रतिशत, सेञ्चुरी बैंकको २.३८ प्रतिशत, सनराइज बैंकको ४.७५ प्रतिशत, नेपाल एसबीआई बैंक १.८० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक ७.४७ प्रतिशत छ ।

साथै, एभरेष्ट बैंक ४.५७, हिमालयन बैंक ४.७३, नेपाल बैंक ४.३९, कृषि विकास बैंक ५.०५, लक्ष्मी बैंकको ७.३२ र बैंक अफ काठमाण्डूको ६.४१ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु