प्रि-ओपनिङमा सामान्य सुधार, साढे ८ लाखको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि-ओपनिङमा सेयर बजार थोरै बढेको छ । बजार मापन गर्ने सूचक ६.०६ अंकले बढेर परिसूचक २३३१.५१ बिन्दुमा रोकिएको छ ।

प्रि-ओपनिङमा २४ कम्पनीको २ हजार ५३० कित्ता सेयर ८ लाख ५४ हजार ५८९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ९.४२, विकास बैंक १७.०९, वित्त कम्पनी २.७७, जलविद्युत २.२६, निर्जीबन बीमा १.२५, माइक्रोफाइनान्स समूहको उपसूचक १.२४ अंकले बढेको छ ।


क्लिकमान्डु