खर्चको अनुपात नबढ्दा एनसीसीको नाफा ३४.५४ प्रतिशतले बढ्यो, चैतसम्म १ अर्ब ४८ करोड



काठमाडौं । खर्चको अनुपात नबढ्दा नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकले ३४.५४ प्रतिशत नाफा बढाएको छ ।

बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार १ अर्ब ४८ करोड नाफा छ ।

अघिल्लो वर्ष १ अर्ब १० करोड थियो ।
बैंकले ब्याज आम्दानी तथा कमिसनबाट आम्दानी राम्रोसँग बढाएको छ । सो अनुपातमा सञ्चालन खर्च नबढ्दा बैंकले नाफा बढाउन सकेको हो । चैत मसान्तसम्म बैंकले २ अर्ब ७३ करोड ब्याज आम्दानीबाट र ७० करोड कमिसनबाट कमाएको छ ।

चैत मसान्तसम्म बैंकले १ खर्ब २५ करोड निक्षेप संकलन गरेको छ भने कर्जा १ खर्ब १६ अर्ब कर्जा दिएको छ । नाफा बढ्दा बैंकको प्रति सेयर आम्दानी(इपिएस) १७.६१ रुपैयाँ पुगेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ८९.१४ प्रतिशत छ । बेसेरट ९.२८ प्रतिशत छ ।


क्लिकमान्डु