३३ प्रतिशतले घट्यो लक्ष्मीको नाफा, चैतसम्म ८५ करोड



काठमाडौं । लक्ष्मी बैंकको नाफा ३३ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ८५ करोड ८९ लाख नाफा गरकेो छ । अघिल्लो वर्ष बैंकले चैत मसान्तसम्म १ अर्ब २८ करोड नाफा गरेको हो ।

ब्याज आम्दानी बढेपनि सञ्चालन गखर्च बढेको कारण नाफा घटेको हो । नाफा घट्दा बैंकको इपिएस घटेको छ । बैंकको इपिएस ९ रुपैयाँ ९१ पैसामा आएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.५२ गुणा रहेको छ ।

११ अर्ब ५५ करोड चुक्ता पुँजी रहेको लक्ष्मी बैंकले चैत मसान्तसम्म सेयरधनीलाई बाँड्न मिल्ने नाफा ६५ करोड गरेको छ । बैंकले १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २८ अर्ब कर्जा दिएको छ ।

बैंकले कर्जा निक्षेप अनुपात भने राष्ट्र बैंकले तोकेको भन्दा कम राखेको छ । ८७.२४ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात छ । बेसरेट ९.६४ प्रतिशत छ । ३.०८ प्रतिशत स्प्रेडदर बैंकले काम गरेको छ ।


क्लिकमान्डु