एनबी बैंकको नाफा ३२.१८ प्रतिशतले घट्यो



काठमाडौं । चालु् आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बङ्गलादेश बैंकको नाफा ३२.१८ प्रतिशत घटेर १ अर्ब ११ करोड ११ लाख ३७ हजार रुपैयाँमा सिमित भएका छ ।

गत आवको सोही अवधिमा बैंकका नाफा १ अर्ब ६३ करोड ८४ लाख ९ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ५६करोड ६४ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

बैंकले चैत मसान्तसम्ममा १ अर्ब ९३ करोड ९१ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ३९ करोड ४२ लाख २८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

१० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ७१ लाख ६१ हजार रुपैयाँ रहेको छ । ८२ अर्ब २ करोड १५ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७६ अर्ब २० करोड ९२ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ २६ पैसा रहेको छ ।


क्लिकमान्डु