प्रभु बैंकको नाफा १६.९० ५ ले घट्यो, १८.३९ इपिएस



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकले १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा १६.९० प्रतिशतले घटेको छ । बैंकको नाफा गत आवको सोही अवधिमा २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १२.७२ प्रतिशत बढेर ४ अर्ब ३२ करोड ३१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन मुनाफा १६।२२ प्रतिशत घटेर २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ र वितरणयोग्य नाफा ७८ करोड ३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ पुगेको छ जगेडा कोष ६ अर्ब २७ करोड ९२ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

यस्तै बैंकले १ खर्ब ६७ अर्ब ३६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ७१ करोड २७ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिसयर आम्दानी २४।७९ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ ।


क्लिकमान्डु