सेञ्चुरी बैंकमा मनोज न्यौपाने कमाल, पहिलो पटक १ अर्ब नाफा



काठमाडौं । सेञ्चुरी बैंकमा मनोज न्यौपानेले नाफामा देखिने गरेर सुधार ल्याएका छन् ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ९ महिनामा नै बैंकले १ अर्ब नाफा कमाएको छ । बैंकले १ अर्बको नाफाको आकार छुन सकेको थिएन । बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार १ अर्ब १ अर्ब नाफा गरेको छ ।

अघिल्लो वर्ष बैंकको नाफा ३५ करोड थियो । बैंकको ब्याज आम्दानीसँग अघिल्लो वर्ष नउठेको २७ करोड उठेको तथा सञ्चालन खर्च धेरै नबढाएको कारण नाफा बढाएको हो । बैंकको प्रति सेयर आम्दानी १४.१७ रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्ममा बैंकले ९० अर्ब निक्षेप संकलन गरेर ८७ अर्ब कर्जा दिएको छ । ९ अर्ब ५५ करोड चुक्ता पुँजी रहेको सेञ्चुरी बैंकले चैत मसान्तसम्म सेयरधनीलाई बाँड्न मिल्ने नाफा ५४ करोड गरेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ९३.५७ प्रतिशत रहेको छ । बैंकको पुँजीकोष अनुपात ११.७० प्रतिशत छ । अघिल्लो वर्ष २.९६ प्रतिशतमा रहेको खराब कर्जा अनुपात यो वर्ष १.६० प्रतिशतमा झरेको छ । बैंकको बेसरेट ९.६३ प्रतिशत छ ।


क्लिकमान्डु