खर्च बढ्दा कुमारी बैंकको नाफा बढेन, ९ महिनाको १ अर्ब ८० करोड नाफा



काठमाडौं । सञ्चालन खर्च बढेको हुँदा कुमारी बैंकको नाफा अघिल्लो वर्षको जस्तो देखिएको छ ।

बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार १ अर्ब ८० करोड २७ लाख नाफा गरेको छ । अघिल्लो वर्ष चैत मसान्तमा १ अर्ब ८० करोड ८४ लाख नाफा गरेको थियो ।

ब्याज आम्दानी १६ प्रतिशतले बढेपनि कुमारी बैंकको सञ्चालन खर्च बढेको कारण नाफामा सुधार नदेखिएको हो । बैंकले ९ महिनामा ४ अर्ब ४२ करोड ब्याज आम्दानीबाट कमाएको छ ।

१४ अर्ब ७१ करोड चुक्ता पुँजी भएको बैंकले चैत मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने नाफा ८७ करोड १६ लाख रुपैयाँ गरेको छ । प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १७.३७ रुपैयाँबाट घटेर १६.३४ रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्म बैंकले १ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा दिएको छ । ९१.७७ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको बैंकको ९.५५ प्रतिशत बेसरेट रहेको छ ।


क्लिकमान्डु