सीवाईसीको आइपीओमा आवेदन दिने अन्तिम दिन, कति पर्यो आवेदन ?



काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले निष्काशन गरेको आइपीओमा अहिले माग भन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले निष्काशन गरेको आइपीओमा मंगलबार बिहानसम्म २० लाख ५८ हजार १६३ जनाले २ अर्ब ३३ करोड ३ लाख २४ हजार रुपैयाँका लागि आवेदन परेको छ ।

आइपीओमा २ करोड ३३ लाख ३ हजार २४० कित्ताका लागि आवेदन परेको सिडिएससीले जनाएको छ । कम्पनीले वैशाख २ गतेबाट ३ लाख ९५ हजार ३३६ कित्ता सेयर निष्काशन गरेकोमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष, ६ हजार ८२ कित्ता कम्पनीका कर्मचारी र ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको छ ।

आइपीओमा आज कार्यालय अवधिसम्म मात्रै आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तामा आवेदन दिनुपर्ने छ । आइपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु