सम्हालिन सकेन सेयर बजार, रोकिएन पहिरो जानेक्रम



काठमाडौं । सेयर बजार सम्हालिन नसक्दा लगानीकर्ताको सम्पत्ति दैनिक जसो घटिरहेको छ । जसले गर्दा लगानीकर्ताको मनोबल पनि निकै खुम्चदै गएको स्वयम लगानीकर्ता बताउन थालेका छन् ।

सेयर बजार निरन्तर घटिरहेको छ । गत वर्षको कारोबारमा बजारमा गिरावट आउँदा पनि कारोबार रकम धेरै निरास बन्नुपर्ने स्थितीमा थिएन । तर पछिल्लो साता कारोबार रकम पनि खुम्चदै जाँदा लगानीकर्तामा निरासा निकै देखिएको छ ।

नयाँ वर्ष २०७९ को दोस्रो कारोबारमा पनि बजारमा पहिरो गएको छ । सोमबार बजार ४१.७७ अंकले घटेर परिसूचक २३४३.८७ बिन्दुमा झरेको छ । यो दिन बजार २२९ कित्ता सेयर ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५५ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा सबै समूहको उपसूचकमा पहिरो गएको छ ।

बैंकिङ समूहको १६.५४, विकास बैंक ६९.१०, वित्त ६२.०१, जलविद्युत ८०.३०, जीवन बीमा २६३.९६, उत्पादन तथा प्रशोधन ९३.४४, माइक्रोफाइनान्स ३६.२२, जीवन बीमा समूहको उपसूचक ३४२.३७ अंकले घटेको छ ।

बजारमा पहिरो जाँदा पनि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकका ४ करोड ९६ लाख २६ हजार ५५५ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु