मारुती सुजुकीको मूल्य बढ्दै, टोयोटो, मर्सिडिज, बीएमडब्ल्यू र ओडीले पनि बढाए मूल्य



एजेन्सी । मारुती सुजुकीले सबै मोडलका कारको मूल्य बढाउने भएको छ । १८ अप्रिलदेखि भारतमा मूल्य बढाउने भएको हो । कम्पनीको इन्पुट कस्ट बढेसँगै कारको मूल्य पनि बढाइएको हो ।

कम्पनीका अनुसार १८ अप्रिलदेखि सबै मोडेलको मूल्य कम्तीमा १.३ प्रतिशतले बढ्नेछ ।

मारुती सुजुकीले ६ अप्रिलमै मूल्य बढाउने घोषणा गरिसकेको थियो । त्यसअघि १ अप्रिलदेखि मर्सिडिज, बीएमडब्ल्यू, ओडी र टोयोटा जस्ता कम्पनीले पनि गाडीको मूल्य बढाइसकेका छन् । टाटा मोटर्सले पनि कमर्सियल भेहिकलको मूल्य २.५ प्रतिशतले बढाइसकेको छ ।

मारुती सुजुकीका अनुसार मोडल अनुसार भेहिकलको मूल्य बढाइनेछ । कम्पनीका अनुसार पछिल्लो एक वर्षमा उत्पादन खर्च बढेसँगै कम्पनीको मार्जिनमा असर परिरहेको थियो ।

गत १ अप्रिलदेखि टोयोटा, मर्सिडिज, ओडी समेत कैयन अटो कम्पनीहरुले आफ्नो कारको मूल्य बढाएका थिए ।

टोयोटा किर्लोस्कर मोटरले सबै प्रडक्टमा ४ प्रतिशतले मूल्य बढाएको थियो भने बीएमडब्ल्यू तथा ओडीले ३.५ प्रतिशतले मूल्य बढाएका थिए । मर्सिडिजले पनि १ अप्रिलदेखि १ देखि ३ प्रतिशतसम्म मूल्य बढाइसकेको छ । त्यसैगरी टाटा मोटर्सले सबै कमर्सियल भेहिकलको मूल्य २.५ प्रतिशतले बढाउने निर्णय गरिसकेको छ ।


क्लिकमान्डु