भारतमा प्लान्ट बन्द भएपछि नेपालमा फोर्डको आम्दानी घट्ने



काठमाडौं । भारत सरकारले फोर्ड गाडिको प्लान्ट बन्द गर्ने भएपछि त्यसको असर नेपाली बजारमा पर्ने भएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता अटोमोबाइल प्रालिका अनुसार सन् २०२२ को ६ महिनाको अवधिमा व्यापार घट्ने देखिएको छ । फोर्डले विगतमा वार्षिक ३ अर्ब बढीको व्यापार गर्दै आएको थियो । सन् २०२० मा भने २ अर्ब मात्रै आम्दानी गरेको थियो । सन् २०२० को तुलनामा सन् २०२१ मा रिबाउन्स हुँदै गएको कम्पनीको आम्दानी सन् २०२२ को ६ महिनाका घट्ने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले सन् २०१९ मा ३ अर्ब ९७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, सन् २०२० मा कम्पनीले २ अर्ब ७० करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै, सन् २०२१ मा ३ अर्ब ४८ करोड १० लाख रुपैयाँको आम्दानी गरी रिबाउन्स हुँदै गएको कम्पनीले जनाएको थियो ।

तर, भारत सरकारले फोर्डको प्लान्ट गर्ने निर्णय गरेसँगै सन् २०२२ को ६ महिनाको अवधिमा आम्दानी घट्ने जनाएको छ । जसले गर्दा सन् २०२२ को ६ महिनामा १ अर्ब ३० करोड ५० लाख रुपैयाँ मात्रै आम्दानी हुन जनाएको छ ।

नेपालले भारतबाट आयात गरी गाडी बिक्री गर्दै आएको छ । तर, भारतमै प्लान्ट बन्द भएपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिएको हो । कम्पनीले १ अर्ब ६ करोडको मात्रै अल्कालिन कर्जाको लागि रेटिङ गराएको छ । जसमा इक्रा नेपालले उक्त कम्पनीका लागि अल्पकालिन कर्जामा ‘एथ्री प्लस’ रेटिङ दिएको छ ।


क्लिकमान्डु