सीवाइसी नेपाल लघुवित्तको आइपीओ निष्काशन, कति दिने आवेदन ?



काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आइपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु