जिडब्लुएमको नयाँ अफर सार्वजनिक,४ लाख सम्मको लाभ लिन सकिने



काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्षको अवसरमा ४ लाख रुपैयाँ सम्मको अफर ल्याएको छ ।

जसमा क्यास डिस्काउन्ट निःशुल्क एक्सेसोरिज एक्स्चेन्ज बोनस निःशुल्क इन्स्योरेन्स,रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिज प्रदान गरिने छ । यो योजना हाभाल एच ६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो योजना बैशाख ३१ गतेसम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जिडब्लुएम-नेपालको नेटवर्कहरु मार्फत प्रदान गरिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु