यो वर्षकाे अन्तिम दिन खुसी छोड्दै बन्द भयो सेयर बजार, अर्को वर्ष के होला ?



काठमाडौं । सेयर बजारले यो वर्षको अन्तिम दिन खुसी को साथ बिदा गरेको छ । केही समय यता सेयर बजारमा निकै उतार चढाव देखिएको छ । उतार चढावका साथै केही समयदेखि बजार प्यानिक बन्दै गएको छ ।

लगानीकर्ताले बजार प्यानिक बन्नको लागि मौद्रिक नीतिले गरेको ४,१२ को व्यवस्था, नियामक निकायले लिने नीति, बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूची, तरलता अभावका कारण बजारलाई प्यानिक बनाएको लगानीकर्ताको बुझाई रहेको छ ।

पछिल्लो समय तरलता अभावका कारण बजार घटिरहेको बेला यो वर्षको अन्तिम दिन भने बजार खुसियाली देखिएको छ । तर अब आउने वर्ष २०७९ मा कस्तो प्रभाव पार्ने हो त्यसको प्रतिक्षामा लगानीकर्ता रहेका छन् । तरलताको अभावका कारण लगानीकर्ता बजारको सहजै सुधार हुनेमा पुर्ण आशावादी भने देखिएका छैनन् ।

यो वर्षको अन्तिम दिन ३० गते बुधबार बजार मापन गर्ने सूचक ३०.२४ अंकले बढेर परिसूचक २४१५.२४ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.९७ प्रतिशतले बढेर ४५६.०९ बिन्दुमा रोकिएको छ ।

यो दिन २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको १७.५५, विकास बैंक ६२.६५, वित्त १५.९०, जलविद्युत २५.७१, जीवन बीमा ९५.२४, माइक्रोफाइनान्स १०१.५१, निर्जीबन बीमा समितिको उपसूचक १२९.४५ अंकले बढेको छ । कारोबारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु