पाइपलाइनमा करिब साढे ६ अर्बको आइपीओ, हाइड्रोपावरको बर्चश्व



काठमाडौं । धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएपछि साधारण सेयर (आइपीओ) निष्काशन हुने क्रम बढेको छ ।

बोर्डमा करिब साढे ६ महिना नेतृत्व नहुँदा रोकिएको आइपीओ निष्काशनको क्रममा अघि बढेको हो । अझै पनि २३ वटा कम्पनीको ६ अर्ब ३८ करोड ५६ लाख ७७ हजार ४०० रुपैयाँको ५ करोड ७१ लाख ३६ हजार ७७४ कित्ता बोर्डको पाइपलाइनमा छ ।

जसमा अधिकांश जलविद्युत् कम्पनी छन् । केही माइक्रोफाइनान्स, केही बीमा कम्पनी पनि छन् । पाइपलाइनमा १७ वटा जलविद्युत् कम्पनी, २ वटा बीमा कम्पनी, २ वटा माइक्रोफाइनान्स कम्पनी र २ वटा अन्य कम्पनी छन् ।

जलविद्युत् कम्पनीमा मोलुङखोला हाईड्रोपावर कम्पनी, थ्रीस्टार हाइड्रोपावर, कुथेली बुखारी साना जलविद्युत् आयोजना, सिकलेस हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, इन्टर्न हाइड्रोपावर, एशियन हाइड्रोपावर छन् ।

साथै, अन्य जलविद्युत् कम्पनीमा रसुवागढी हाइड्रोपावर, पिपुल्स पावर, हिमालयन हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, अप्पर हेवाखोला हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन र मदांकिनी हाइड्रोपावर बोर्डको पाइपलाइनमा छन् ।

यस्तै पाइपलाइनमा रहेका कम्पनीमा रिलायबल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी छन् । रिलायबलले ११२ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ निष्काशन गर्ने तयारीमा जुटेको छ ।

यस्तै माइक्रोफाइनान्सतर्फ आदर्श लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था पनि आइपीओ निष्कासनको प्रक्रियामा छन् । बोर्डका अनुसार मुक्तिनाथ कृषि कम्पनी र डिसहोम मिडिया नेटवर्क पनि आइपीओ निष्काल्ने तयारीमा छन् ।


क्लिकमान्डु