छुट्ला है उपकार लघुवित्तको आइपीओमा आवेदन दिन



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
आज (बुधबार) कार्यालय सयम भित्र मात्रै आवेदन दिन पाइने छ । कम्पनीले चैत २५ गतेदेखि निष्काशन गरेको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । मंगलबारसम्म २२ लाख ३८ हजार ७५७ जना लगानीकर्ताले २ करोड ५४ लाख ९ हजार ४४० कित्ता लागि आवेदन परिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेकोमा ३ हजार २८१ कित्ता कम्पनीका कर्मचारी, ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु