सिभिल बैंकको ‘अद्वितीय नेपाल’ शिर्षकको क्यालेण्डर सार्वजनिक



काठमाडौं । सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शिर्षकमा नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

कोरेना महामारीको कारण करिब धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्ने बैंकको अपेक्षा छ ।

कोरोना महामारीको कारण मानिसहरु लामो समयदेखि घुम्नबाट बन्चित भएको र नयाँ नयाँ भ्रमण गन्तव्यहरुको खोजीमा हुने भन्दै बैंकको क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तब्यहरु से–फोक्सुन्डो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँच पोखरी, गोल्डेन धाप, देउ ढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो समावेश गरिएको छ ।

नेपालको प्राकृतिक सुन्दरता कै कारण देश बिदेशबाट लोकप्रिय भ्रमण गन्तब्यको रुपमा नेपाल चिरपरिचित रहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तब्यहरुले विद्यमान भ्रमण गन्तब्यमा मात्रै आफ्नो भ्रमणलाई सिमित नगरी नेपालको अन्य भ्रमण गन्तब्यहरुका बारेमा जानकारी दिने बताए ।


क्लिकमान्डु