मुक्तिनाथ विकास बैंकका ग्राहकले दराजमा १० % छुट पाउने



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दराज प्रालि सम्झौता गरेको छ ।

बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिषा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

बैंकका तर्फबाट, प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैकास्योरेन्स राजेन्द्र पाण्डे, प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा दराज प्रालि को तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैंकको भिषा डेविट कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत तथा १ हजारसम्म छुट प्राप्त गर्नसक्नेछन् ।


क्लिकमान्डु