करिब डेढ खर्ब पुनरकर्जा लगानी, कर्जा बक्यौता २ खर्ब बढी



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ३४ अर्ब ११ करोड रुपैयाँ पुनरकर्जा लगानी भएको छ ।

फागुन मसान्तसम्ममा १ लाख ४४ हजार ६२० ऋणीलाई उक्त रकम सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । यता कर्जा बक्यौता रकम भने २ खर्ब १५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ५६० ऋणीलाई प्रवाह भएको १ खर्ब ३७ अर्ब ७९ करोड कर्जा रहेको छ ।

यता महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार १९७ महिला उद्यमीलाई प्रवाह भएको ७४ अर्ब १७ करोड रुपैयाँ कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८६३ ऋणीको ३ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड-१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा फागुन मसान्तसम्ममा १ अर्ब १० करोड रुपैयाा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु