सरकारी सुविधावापतको इन्धनमा २०% कटौती



काठमाडौं । सरकारले सरकारी सुविधा वापत उपलब्ध गराउँदै आएको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले खर्चमा मितव्ययिता अपनाउनका लागि सरकारी सुविधा वापत उपलब्ध गराउँदै आइएको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरिएको छ ।

‘सुविधा कटौतीको निर्णय मन्त्रिपरिषदबाट निर्णय पनि भइसकेको छ,’ उनले भने, ‘तर शान्ति सुरक्षा, निर्वाचन तथा विकासका साथै अत्यावश्यक सेवा बाहेक सेवामा मात्रै यो लागू हुनेछ ।’

उनले आम उपभोक्तालाई पनि इन्धनको उपयोग मितव्ययी रुपमा गर्न आग्रह गरे ।

साथै, इन्धनको खपत कम गर्नका लागि सार्वजनिक विदामा सरकारी सवारी साधन अनुमति विना प्रयोग नगर्ने गरी नीति बनाइने पनि उनले बताए ।

त्यसैगरी मन्त्री शर्माले विलासी वस्तु, उच्च मूल्यका सवारी साधन, अति आवश्यक बाहेकका इकेन्ट्रिक सामान आयात नियन्त्रण गर्ने र उच्च पैठारी मूल्य भएका वस्तुको भन्सार शुल्क बढाइने समेत बताए ।


क्लिकमान्डु