सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा भरतपुरको विजयनगर



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भरतपुर महानगरपालिका वडा नम्बर १६ विजयनगर चितवनमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि उक्त शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

विजयनगर शाखा कार्यालय सञ्चालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११२ पुगेको छ ।

बैंकले ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा विश्वास व्यक्त गरेको छ ।


क्लिकमान्डु