कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने



काठमाडौं । कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा सञ्चारकर्मी रवि लामिछाने नियुक्त भएका छन् ।

चैत २८ गते काठमाडौंस्थित अलोफ्ट होटलमा आयोजित एक कार्यक्रममा लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा लामिछानेले बैंकको पारिश्रमिक वापत पाउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समूदायका लागि खर्चिने बताए ।

बैंकले गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ ।

सम्झौता पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकका प्रचार–प्रसार लगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुबैको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

यसैगरी यूआरएस नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलले बैंकलाई आईएसओ ९००१ः२०१५ प्रमाणिकरणको प्रमाणपत्र प्रदान गरेका छन् । बैंक नेपालकै आईएसओ ९००१ः२०१५ प्रामाणित प्रथम विकास बैंक बन्न समेत सफल भएको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष सुदिप आचार्य तथा बैंकका अन्य सञ्चालकहरुले संयुक्त रुपमा आगामी वर्षको क्यालेण्डर सार्वजनिक गरेका छन् ।


क्लिकमान्डु