व्यापारीले नैतिकता अपनाए आयातमा कडाइ गर्नु पर्दैनः डेपुटी गभर्नर मिश्र



काठमाडौं । नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कर्जा जीडीपीको आकारमा बढी भएकाले अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् ।
४२ खर्बको जीडीपीको आकार भएका बेला ४७ खर्बको कर्जा गएको र कर्जा प्रवाह अनुसार अर्थतन्त्र बिस्तार नभएको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा बोल्दै उनले
तरलता बढाउन आयात घटाउनु पर्ने बताए ।

‘विदेशी सञ्चिति जोगाउन केही समय पेट्रोल खपत बढाउने सामानको आयात रोक्नु पर्ने अवस्था आएको छ,’ उनले भने, ‘चाँदी र स्याउको आयात अत्यधिक भएको छ ।’

उनले व्यापारीहरुले अर्थतन्त्रको सुधारका लागि नैतिकता अपनाए आयातमा कडाइ गर्नु नपर्ने बताए ।

‘अल्पकालका लागि आयात रोक्नुको विकल्प छैन, दीर्घकालीनरुपमा निर्यात बढाउनु पर्नेछ,’ उनले भने ।

अर्थतन्त्रमा देखिएको अहिलेको समस्या अल्पकालीन भएको र उपभोग घटाउन लाग्नुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु