राष्ट्र बैंकको नीतिका कारण तरलता अभाव भयोः पूर्वगभर्नर नेपाल



काठमाडौं । नेपाल रास्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले नेपालले तरलता अभाव हुनुको कारण केन्द्रीय बैकको नीति कारक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसमा आयाजित कार्यक्रममा बोल्दै उनले कोरोनापछि सरकारले गर्ने सहयोग केन्द्रीय बैकले मात्र गरेकाले समस्या आएको बताए ।

‘तरलता अभाव नेपालको दीर्घकालीन समस्या भएको छ,’ उनले भने, ‘कोरानापछि रोकिएको माग खुल्दा अत्यधिक कर्जा प्रवाह हुँदा समस्या आएको हो ।’

सरकारले विकास खर्च नगरेको र ढुकुटीमा पैसा जम्मा गरेको र ढुकुटीमा जम्मा भएको पैसा बैंकिङ प्रणालीमा पठाउनुपर्ने उनको सुझाव छ ।

रेमिट्यान्स दीगो स्रोत नभएको भन्दै उनले यसको विकल्प खोज्नुपर्ने बताए ।

‘हामीले निर्यात गर्न सक्ने वस्तु पहिचान गरेपनि त्यसमा काम गर्न सकेनौं,’ उनले भने, ‘खाद्यान्नको आयात पनि अत्यधिक बढेको छ ।’

५० हजारले अहिले सहुलियतदरमा कृषि कर्जा लिएको उनको भनाइ छ ।

उनले श्रीलंका र नेपालको तुलना नमिल्ने भन्दै नेपालले महंगो दरमा वैदेशिक कर्जा नलिएको बताए ।


क्लिकमान्डु