प्रणालीमा भित्रिन थाल्यो पैसाः एक सातामा ४ अर्ब निक्षेप संकलन, २ अर्ब लगानी



काठमाडौं । चैत महिनाको तेस्रो साता भने बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ ।

धेरै समयदेखि प्रणालीमा निक्षेप घटिरहेको तर कर्जाको माग निक्षेपको तुलनामा बढेको छ । तर चैत २५ गतेसम्म आइपुग्दा बैंकिङ प्रणालीमा निक्षेप प्रवाह भएको कर्जाको तुलनामा निक्षेप संकलन बढेको छ ।

बैंकसं संघका अनुसार चैत ४ गतेसम्म निक्षेप ५ र कर्जा प्रवाह ४ अर्ब रुपैयाँले घटेको थियो । चैत ११ गतेसम्म आइपुग्दा निक्षेप संकलन २ अर्बले बढ्दा कर्जा प्रवाह १ अर्बले मात्रै बढेको थियो । तर चैत १८ गतेसम्म आइपुग्दा प्रणालीमा निक्षेप १ अर्बले थपिदाँ कर्जा प्रवाह ६ अर्बले बढेको थियो ।

संघका अनुसार चैत २५ सम्म आइपुग्दा प्रणालीमा निक्षेप ४ अर्बले थपिएर ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह २ अर्बले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु