राष्ट्र बैंकले सहयोग नगर्दा कर्जा बढी गयो, सहुलियतपूर्णको डेटा नै भेटिँदैनः मन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले १९ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य राखेको भएपनि बढेर ३२ प्रतिशतसम्म पुगेको बताए ।

यसलाई समयमा नै नियन्त्रण, नियमन गर्नुपर्ने हो की होइन भन्दै मन्त्री शर्माले प्रश्न उठाएका छन् । ‘यो काम अर्थ मन्त्रालयले गर्र्दैन’ उनले भने ‘यो राष्ट्र बैंकको काम हो ।’ बैंकबाट यति धेरै कर्जा प्रभाव भएको र त्यो पैसा सबै बस्तु आयातमा नै प्रयोग भएको बताए ।

त्यत्रो ऋण प्रभाव भएपछि त्यो रकमले उत्पादनको क्षेत्रमा केही न केही योगदान गर्नुपर्ने उल्लेख गरे । ‘कर्जा प्रवाह हेर्दा उत्पादन हेर्ने हो भने कतै पनि तालमेल देख्न सकिँदैन’ उनले भने ‘यस्तो पैसा कहाँ कहाँ लगानी भएको ‘यस्तो पैसा कहाँ कहाँ लगानी भएको छ भनेर बारबार चासो चिन्ता जान्ने प्रयन्त नगरेको होइन । कहाँ कसरी लगानी भएको छ भन्ने खोज्न प्रयत्न गरेको हो तर त्यो हामीले पाउन सकेनौ ।’

मुद्रा अनियन्त्रीत विस्तार ऋण बढेको र त्यसले आयात पनि बढाएको उनको तर्क छ । आयात बढ्दा हाम्रो संचितीमा प्रभाव पारेको दाबी गरे । सुरुदेखि नै आफुले यसलाई नियन्त्रण गर्न खोजेको भएपनि राष्ट्र बैंकले चासो नदिएको दाबी गरे ।

उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाहलाई आफुले पटक पटक जोड दिएको बताए । उनले सहुलियतपूर्ण कर्जा पनि कहाँ कहाँ खर्च भनेर खोज्न पनि नसकिएको उनको भनाइ छ । यस्ता तथ्याङक समयमा पाउन नसकेकोमा चिन्ता व्यक्त गरे ।


क्लिकमान्डु