देश श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन, सबै मिलेर सुुधार गर्ने होः ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुक श्रीलंका हुन्छ भन्दै आत्तिनु पर्ने अवस्था नआएको बताए ।

महासंघको वार्षिक साधारण सभामा बोल्दै ढकालले भने, ‘विदेशी मुद्राको सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ । अबका दिनमा रकम सकिने मात्रै होइन् । रकम आप्रवाह पनि त हुन्छ नि । त्यसैले श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन । सुधार हुुन्छ, हामी सबैं मिलेर सुधार गर्ने हो ।’

उनले यस्तो अवस्थामा एक अर्कालाई गाली नगरी महासंघको पदाधिकारी, कार्यकारिणी समिति सदस्य लगायत सम्पूर्ण सदस्य सबै मिलेर संकट समाधानका लागि पहल गर्नुुपर्ने बताए ।

‘हाम्रा केही समस्या पनि छन् । हामीसँग बलियो आधार पनि छन्,’ उनले भने, ‘सस्तो श्रम, संसार बुुझेको यूवा जनशक्ति र भारत चीनका साथै आफ्नै देशको विशाल बजार लगानीका महत्वपूर्ण आधार हुन । अलिकति सरकारका तर्फबाट गर्नुपर्ने सहयोग हुन सक्यो भने मुलुक छिटो आर्थिक मार्गमा अगाडी बढ्ने मेरो विश्वास छ ।’

लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसँग जनसाङखिय लाभको अधिक सुविधा भएको भन्दै उनले यो अवसरलाई सदुुपयोग गर्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले चालु आर्थिक बर्षको शुरुदेखि अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिएको भन्दै अत्यधिक मागलाई नेपालको वित्तिय क्षेत्रले धेरै समय थेग्न नसकेको बताए ।

‘जसका कारण स्वभाविक रुपमा कर्जा प्रवाह बढ्यो । माग हुदा आयात बढनु पनि स्वभाविक थियो । रेमिट्यान्स आप्रवाहमा केहि कमी आयो । यसले भुक्तानी सन्तुलनमा चाप परेको हो,’ उनले भने ।

महासंघले मुलुकको अर्थतन्त्रको बिस्तार, रोजगारी सृजना, निर्यात प्रवर्द्धन, व्यापार घाटा न्यूनिकरणको उपायसहितको भिजन पेपर सार्वजनिक गरिसकेको भन्दै उनले भिजन पेपर कार्यान्वयनमा सरकारकातर्फबाट सहयोग आवश्यक रहेको बताए ।

नेपालमा पछिल्ला वर्षमा आएका वाह्य लगानीको आंकडा प्रतिमहिना करिव दुुई साढे २ अर्वको हाराहारीमा मात्र आएको भन्दै त्यसलाई बढाउनु पर्ने बताए ।

‘हाम्रा केही समस्या पनि छन । जस्तै, बिजुली नियमित छैन । लामो समयदेखि पिपिए रोकिएको छ । यसले उत्पादनमा समस्या आइरहेको छ । यस बर्षको बजेटमा जलविद्युतमा दिइएको छुट स्वदेशी लगानीकर्तालाई पनि उपलब्ध हुनुपर्छ । पर्यटन पुर्वाधारमा सरकारी सहुलियत आवश्यक छ । पहुचमार्ग देखि राजस्व छुट यसमा आवश्यक छ,’ उनले भने ।


क्लिकमान्डु