हुन्डाईको ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ याेजना सार्वजनिक



काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा नयाँ वर्ष बोनस ७९ हजार, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म मोडल इएर डिस्काउन्ट ९९ हजार रुपैयाँसम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर सुविधा रहेको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्ने कम्पनीको दाबी छ ।


क्लिकमान्डु