सरकारले गैरकानूनी आयात रोक्न सकेनः पाण्डे

315
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तस्करीका लागि हुने आयात रोक्न सरकारले प्रयास नै नगरेको बताए ।

‘सुपारी, मरिच, छोकडा, पोस्तादाना नेपालमा किन आउँदैछ,’ नेपाल कम्युनिस्ट पार्टी एमाले आयोजना गरेको कार्यक्रममा पाण्डेले भने, ‘यी सामान नेपालले विदेशी मुद्रा खर्च गरेर खरिद गर्छ। तर यी सामानहरू नेपालबाट तस्करी हुँदै जाने गर्छन् ।’

पाण्डेले अर्थतन्त्रको अवस्था खराब हुँदा समेत सरकारलाई आर्थिक विषयमा महत्त्वपूर्ण सुझाव दिने गभर्नरलाई हटाउने काममा लागेको बताए ।

‘सरकारको काम हेर्दा हाम्रो देश जोखिम तिर जान लागेको देखिन्छ,’ पाण्डेले भने, ‘अहिले राजनीति गर्ने बेला होइन ।’