म्यान अध्यक्षमा उपेन्द्र पौडेल



काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा उपेन्द्र पौडेल चुनिने भएका छन् ।

म्यानको कार्यसमितिमा पौडेल पक्षिय सदस्य बढी चुनिएपछि अध्यक्षमा पौडेल चुनिने भएका हुन् ।

कार्यसमिति सदस्यले म्यानमा पदाधिकारी चुन्ने व्यवस्था छ । अध्यक्षका दावेदार रमण नेपाल सदस्यको निर्वाचनमा नै पराजित भए । पौडेल नबिल बैंकका अध्यक्ष हुन् । म्यानमा उपेन्द्र पौडेल सहित मोहनराज ओझा,पद्युम्न पोखरेल,कृष्णप्रसाद शर्मा,आशा राणा अधिकारी,अश्मी राणा,हेमाकुमारीअधिकारी,इन्द्रकुमार श्रेष्ठ,मनिष झा र अनु जोशी श्रेष्ठ चुनिए ।

यस्तै संस्थागत तर्फ कर्मचारी सञ्चय कोष,शिवम् सिमेन्ट,सनराइज बैंक,नबिल बैंक,राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंक विजयी भए । म्यानको नवनिर्वाचित कार्यसमितिले अध्यक्ष सहित पदाधिकारी चयन गर्ने छ ।


क्लिकमान्डु