गभर्नरलाई निलम्बन गरेर सरकारले अस्थिरता निम्त्यायो: पूर्वगभर्नर क्षेत्री



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णयले अस्थिरता निम्तने टिप्पणी गरेका छन् ।

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय आफूले मिडियामा पढेको भन्दै त्यो निर्णय गलत भएको बताए ।

‘अर्थतन्त्रमा अहिले समस्या छ, स्वायत्त निकायमा सरकारले यसरी हस्तक्षेप गर्न हुने थिएन, यसले अस्थिरता निम्ताउने छ,’ पूर्वगभर्नर क्षेत्रीले क्लिकमाण्डूसँग भने ।

स्थिरता रहेको स्वायत्त निकायमा गरेको हस्तक्षेपले राम्रो संकेत नजाने टिप्पणी क्षेत्रीको छ ।

‘व्यक्तिगत रुपमा सम्बन्ध राम्रो नराम्रो हुनसक्ने भए पनि यसरी चलाउने काम राम्रो होइन,’ क्षेत्रीले भने ।


क्लिकमान्डु