एनसीसी बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५% छुट पाउने



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र दराज अनलाइन सपिङ बिच सम्झौता भएको छ ।

नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा १५ प्रतिशतसम्म छुट पाउन सकिने सम्झौता भएको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइनबाट सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरे ।

बैंकको कार्ड प्रयोगकर्ताहरुले नयाँ वर्षको उपलक्ष्यमा चैत्र २८ देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजारसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार ५०० सम्म रुपैयाँको छुट प्राप्त गर्न सक्नेछन् ।

एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु