म्यान अध्यक्षका उम्मेद्वार उपेन्द्र पौडेलले सारे प्रादेशिक संरचनामा लैजाने एजेण्डा



काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)मा नयाँ नेतृत्वको लागि शनिबार निर्वाचन हुने भएको छ । म्यानको नयाँ नेतृत्वको लागि नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल र लक्ष्मी बैंकका अध्यक्ष रमण पौडेलले प्यानलनै बनाएर प्रतिस्पर्धामा उत्रेका छन् ।

म्यानमा कार्यसमितिको निर्वाचन सदस्यले गर्ने र कार्यसमिति सदस्यले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

म्यान अध्यक्षमा उठ्न लागेका पौडेलले म्यानको स्रोतको प्रभावकारी र अधिकतम उपयोग गर्न सक्ने गरि म्यानलाई दीगो संस्थाको रूपमा विकास गर्ने प्रस्ताव अगाडि बढाएका छन् ।

उनको एजेण्डामा म्यानलाई प्रादेशिक संरचनामा लैजादै महासंघको मा विकास गर्ने विषयमा अध्ययन गर्ने तथा यसलाई थिंक ट्यांक बनाएर सरकारको सल्लाहकारको रुपमा विकास गर्ने रहेको छ ।

म्यानलाई व्यवस्थापन र नेतृत्वको क्षेत्रमा म्यानलाई ज्ञानको केन्द्रको रूपमा विकास गर्ने र अन्तर्राष्ट्रिय संस्था सँगको सम्बन्ध विकास गर्ने एजेण्डा पौडेलको छ ।

म्यानका पुर्व पदाधिकारी र नेतृत्वमा बसेका व्यक्तिको सहभागीता बढाउने तथा दीगो विकास, वातावरण र जलबायु परिवर्तनसंग सम्बन्धीत कार्यक्रम आयोजना गर्ने समसामयिक विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञको सहभागीताम निरन्तर कार्यक्रम आयोजना गर्ने उल्लेख छ ।

यसबाहेक संस्थाका सदस्य र सरकारको सहयोगमा म्यानको आफ्नै भवन निर्माण गर्ने र एमबिपीलाई राष्ट्रिय स्तरको व्यवस्थापन संस्थाको रूपमा विकास गर्ने र प्रदेश संघ लगायत नीति निर्माणका विभिन्न तहमा म्यानका प्रतिनिधिलाई सहभागी गराउने वातावरण बनाउने एजेण्डा पौडेलले राखेका छन् ।


क्लिकमान्डु